|

काठमाडौं : पाँचथरको फाल्गुन्द गाउँपालिका- ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ। बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए। 

५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए। उनलाई लामो समयको उपचारपछि भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति रहेका भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.