|

खोटाङ : बिहीबारदेखि सुरु भएको प्रथम बाँस सम्मेलनमा बाँसबाट बनेका विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएको छ। खोटाङको दिक्तेल बजारस्थित खेलमैदानमा करिब ५५ वटा स्टलहरू राखिएको छ।

स्टलमा बाँसबाट बनेका सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ तीन दिनसम्म सम्मेलन हुनेछ।सम्मेलनमा सातै प्रदेश र तीनवटै तहका सरकारको सहभागिता रहेको छ। विभिन्न प्रदेशका करिब २० वटा स्थानीय तह सम्मेलनमा सहभागी भएका छन्।

त्यसैगरी, बाँसका सामग्री बिक्रीवितरण गर्ने व्यवसायी तथा किसानको सहभागिता रहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस उत्पादनको समग्र अवस्था, बजारीकरण तथा त्यसमा संलग्न उद्योग व्यवसायको अवस्था झल्काउन पनि स्टलहरू राखिएको बताए।

यसको प्रबर्द्धन गर्न नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेर स्थानीय किसानलाई प्रोत्साहन गरिएको भट्टराईले बताए। विश्वको कुल जंगलको क्षेत्रफलमध्ये बाँसले मात्र ३.२ प्रतिशत अर्थात् ३६ करोड हेक्टर क्षेत्रफल ओगटेको छ भने विश्वका करिब २.५ अरब मान्छेले बाँसबाट बनेको सामग्री उपभोग गर्ने गरेका छन्।

तस्विरहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.