|

काठमाडौं : पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली  प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा  चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.