|

ढाका : मोहम्मद युनुस सरकारले आफ्नो आलोचना गर्ने राजदूतको राहदानी रद्द गरेको छ। युनुसको नेतृत्वमा शासनको आलोचना गरेको आरोपमा कूटनीतिज्ञ मोहम्मद हारुन अल रसिदको राहदानी  खारेज गरेको हो।

रसिद सन् २०२३ देखि यस वर्षको फेब्रुअरी २७ सम्म मोरक्कोका लागि बंगलादेशका राजदूतका रूपमा कार्यरत थिए। उनको राहदानी रद्द गरी तत्काल बंगलादेश आउन निर्देशन दिइएको छ।

मोहम्मद युनुसको अन्तरिम सरकारले रसिदलाई 'अनुशासन उल्लंघन' र 'युनुसको शासनलाई गलत प्रस्तुत गरेको' आरोप लगाएको छ। 

फिर्ता बोलाए पनि राजदूत रसिद बंगलादेश फर्किएनन् र मोरक्कोको पद छाडेर क्यानडा गएका थिए। युनुसको इस्लामिक कट्टरपन्थी शासनले विदेश विभागका अधिकारीहरूलाई रसिद र उनको परिवारको राहदानी रद्द गर्न आदेश दिएको छ। रसिदमाथि गोप्य एजेन्डा रहेको वा गलत उद्देश्य राखेको बताइएको छ।

शुक्रबार मोरक्कोका लागि बंगलादेशका राजदूत मोहम्मद हारुन अल रसिदले फेसबुक पोस्टमा सरकारको विरोध गरेका थिए। उनले ‘विवादास्पद नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको शासनमा बंगलादेश अराजकतामा डुबेको’ लेखेका थिए।

उनले थप उल्लेख गरेका थिए, ‘लाखौं मानिसहरूका सामु मृत्यु, निर्वासन वा कट्टरपन्थी चरमपन्थीसँग आत्मसमर्पणको विकल्प छैन।’ पूर्वप्रधानमन्त्री शेख हसिनालाई आतंकवादी हमलामार्फत हटाइएको उनले उल्लेख गरेका छन्।

बंगलादेशको राजनीतिक क्षेत्रमा युनुसको उदय भएपछि पिनाकी भट्टाचार्य र इलियास हुसेनजस्ता डिजिटल आतङ्ककारीको मनोबल बढेको रसिदले उल्बलेख गरेका थिए।

युनुसको शासनकालमा बंगलादेशमा इस्लामिक कट्टरपन्थीहरू तीव्र गतिमा अघि बढिरहेका छन्। प्रतिबन्धित आतंकवादी संगठनहरूले अहिले सडकमा जुलुस निकाल्न थालेका छन्। युनुसको आदेशमा जमात-ए-इस्लामी आतंकवादी संगठनका सदस्यहरूलाई जेलबाट रिहा गरिएको छ। उनीहरू अहिले बंगलादेशका सडकमा अल्पसंख्यक विरुद्ध खुलेआम हिंसा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.