|

काठमाडौं : ‘अञ्जिला’ फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले नाफाबाट नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको घर बनाइदिने बताएका छन्। उनले फिल्म फाइदामा नपुगे पनि सावाबाट उनको घर बनाइदिने बताएका हुन्। 

उनले एकपोडकाष्टमा भनेका छन्,‘यो फिल्मको नाफाबाट एन्जिलाको घर बनाइदिने छु,यदि फिल्म नचलेर फाइदामा नपुगे पनि आएको सावाबाट भए पनि म बनाइदिन सक्छु,यदि सावा आएन भने पनि म कुनै न कुनै बाटोबाट घर बनाइदिन्छु,साथ पाएको छु,मैले बोलेको कुरा पुर्‍याउँछु भन्ने आट छ।’

मिलन चाम्सले निर्देशक गरेको उक्त फिल्म गत बिहिबारबाट देशभर प्रदर्शनमा आएको छ। उनको बायोपिक फिल्मले यतिखेर पनि दर्शकहरूले राम्रो साथ दिइरहेका छन्। फिल्ममा सुब्बाले भोगेका दुख,संघर्ष र सफलतालाई देखाइएको छ।

दर्शकहरूले फिल्म हेरिसकेपछि ‘अञ्जिला’को प्रशंसा गर्दै आएका छन्। यतिखेर फिल्म हेरेपछि कतिपय दर्शक रोएको भिडियो टिकटक लगायत सामाजिक सञ्जाल देख्न सकिन्छ।

फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ,बेदना राई,सारा राई लगायत कलाकारहरूको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.