तनहुँ : आँबुखैरेनी गाउँपालिका- ३ की २५ वर्षीया सरिश्मा गुरुङले फूलखेती गरेर मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्।
उनले २०७७ मा तीन हजार ५०० लगानी गरेर फूलको व्यापार शुरु गरेकी थिइन्। फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आएकी छिन्।
सामान्यतया मासिक आठ-नौ लाखसम्म कारोबार हुने गरेको छ। खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनले बताइन्। सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ।
‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेकी छु’, गुरुङले भनिन। अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।