|
फाइल तस्वीर

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले चैत १५ गते समाजवादी मोर्चाको प्रदर्शनमा १ लाखभन्दा बढी मानिस सडकमा उतार्ने दावी गरेको छ। 

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले हजारौँ मानिस उतार्नका लागि विभिन्न प्रयास गरिरहेको बताए। 

जनप्रदर्शनलाई सशक्त ढंगले सफल बनाउनेतिर अग्रसर रहेको उनले बताए। तथाकथित राजावादीहरुले गरेका गतिविधि खण्डन गर्ने र जनता गणतन्त्रवादीतर्फ नै रहेको जिकिर उनले गरे। 

उनले लोकतन्त्रलाई सुधार गर्न सकिने तर गणतन्त्र परिवर्तन गर्न नसकिने र जनताको आवाज आफूहरुले उठाउन प्रदर्शन गर्न लागेको जिकिर पनि गरे। 

कम्तिमा ६० हजार र त्यसभन्दा बढी एक लाखसम्म कार्यकर्ता आन्दोलनमा उतार्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.