|

सर्लाही :  सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्। महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बताए। 

सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीकुमारीलाई त्यहाँबाट हिरासतमुक्त भएपछि सर्लाही ल्याइएको हो। धनुषामा अदालतको आदेश अनुसार धरौटी रकम बुझाउन नसकेपछि महिलालाई कारागार चलान गरिएको थियो।

कारागारमुक्त हुनासाथ सर्लाहीमा परेको उजुरीका आधारमा लक्ष्मीकुमारीलाई धनुषा प्रहरीसँग समन्वय गरी सर्लाही ल्याइएको डिएसपी राईले जानकारी दिए। सर्लाही प्रहरीले महिलाविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

महिलाले शिवकुमारलाई ठगी गरेको भनी हालसम्म एउटा मात्रै जाहेरी आएको र अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने आशङ्कामा सोधपुछ भइरहेको डिएसपी राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.