|

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका- ३ पछ्याउरीमा लडेर एकजनाको मृत्यु भएको छ। ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो। 

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए। उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा बुधबार बिहान बाटोमै उनको मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.