|

पाल्पा : त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका छन्।

उनले ३९० मत प्राप्त गरेका छन्। घर्तीमगरका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेका छन्।

सभापतिका उमेदवार अनेरास्ववियुका अनुजा अर्यालले २८७, समाजवादीनिकट अनेरास्ववियू उमेश भण्डारीले १८५ मत प्राप्त गरेकानिर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिए।

सचिव भने नेपाल विद्यार्थी संघका सुशील बस्याल विजयी भएका छन्। उनले ५१७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा राना ४१६ मत सहित विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन्।

सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएका छन्। मंगलबार स्ववियुको निर्वाचन भएको थियो। बुधबार मतगणना सम्पन्न भएको हो।

१ हजार ८९४ कुल मतमध्य १ हजार २२८ खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.