काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन धेरै गाह्रो रहेको बताएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए। यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताए।
यसलाई बुझेर काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए। उनले अहिलेको संविधान धेरै राम्रो रहेको पनि उल्लेख गरे। उनले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए।
सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ। यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ। त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ। पार्टीको दोषभन्दा पनि संविधान नै यस्तो किसिमको छ।’
सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए। महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।