|

काठमाडौं : वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन काम भइरहेको छ। २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो।

२०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औं कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।

जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.