|

जनकपुरधाम : धनुषाको बैरिया टोलमा तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको छ।

शुक्रवार धनुषाको मुखियापट्टी मुसहरनिया वडा नम्बर–६ बैरिया टोलमा तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीमाथि नै जाइलाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरूले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि तस्करहरू फरार भएका थिए। तस्करीका सामान प्रहरीले नियन्त्रणमा लिएको भए पनि विवरण खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.