|

काठमाडौं : सिंगापुर विरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपालले ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक १-० ले पराजित गरेको हो।

नेपालको जितमा खेलको १२ औँ मिनेटमा जिलेस्पींग कार्कीले गरेको गोल नै निर्णयक बन्यो । निर्धारित ९० र थपिएको अतिरिक्त ७ मिनेटमा दुबै टोलीबाट थप गोल सकेन । नेपाल र सिंगापुरले १९८९ यता कुनै पनि प्रतियोगिता खेलेको छैन । १९८९ मा भएको खेलमा नेपाल सिंगापुरसँग ७–० ले पराजित भएको थियो।

नेपालले एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा मलेसियासँग खेल्ने तालिका छ । यी दुई टोलीबीचको खेल यही चैत १२ मा मलेसियामा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.