|

काठमाडौँ : गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताएका छन्।

उनले विवाहको उमेर १८ वर्ष बनाउने वा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रूपमा व्याख्या गर्ने प्रयास भएको बताएका छन्। उनले विभिन्न देशमा यस्तो अभ्यास रहेको जानकारी दिएका छन्।

गृहमन्त्री लेखकले भने‚ ‘मन्त्रिपरिषद्‌मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ। अब यसमा दुईवटा उपाय छन्। एउटा विवाहको उमेर १८ मा लैजाऔँ भन्ने कुरा छ र अर्को चाहिँ इन्टरनेशनल प्राक्टिस चाहिँ रोमियो जुलियट ल मान्ने कि भन्ने छ। १८ वर्ष विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरूको शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन।’

गृहमन्त्री लेखकले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने  प्रतिबद्धता जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.