|

काठमाडौं : क्रोएशियालाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युएफा नेसन्स लिगको सेमीफाइनल प्रवेश गरेको छ।​ क्रोएशियासँग पहिलो लेगमा २–० गोलले पछि परेको फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको हो।

पेरिसमा गएराति भएको दोस्रो लेगमा लुका मोड्रिचको टिम क्रोएशियाले आफ्नो अग्रता जोगाउन सकेन्। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

डिडिय डेस्सोको टिम फ्रान्सले खेल आफ्नो नियन्त्रणमा राख्दै ब्रेकपछि डेडलक तोड्यो। ५२औं मिनेटमा मिचेल अलिसेले गोल गरेपछि फ्रान्सले क्रोएशिया सँगको दुरी २–१ मा झारेको थियो।​

८०औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरे र खेल २–२ को बराबरीमा पुग्यो।  त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै तर्फबाट गोल हुन सकेन्।

यस्तै स्पेनले पनि नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमै पराजित गरेर अन्तिम आठमा स्थान बनाएको छ। समग्रमा खेल ५–५ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

यसैगरी पोर्चुगलले डेनमार्कलाई अतिरिक्त समयमा पराजित गर्दै नेसन्स लिगको सेमीफाइनल यात्रा तय गरेको छ। निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। लिस्बनमा मैदान उत्रिदा डेनमार्कलाई १–० गोलको अग्रता थियो। तर पोर्चुगलले घरेलु मैदानमा शानदार पुनरागमन गर्दै ५–२ गोलको जित हात पार्यो। ​

गएराति नै भएको खेलमा जर्मनीले इटालीलाई समग्रमा ५–४ गोलले स्तब्ध पारेको छ। जर्मनी पहिलो पटक नेसन्स लिगको सेमीफाइनल पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.