|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन्।​

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चात्ताप हुने उल्लेख गरे। उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे।

उनले कुलमानलाई हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई चेतावनी दिए। उनले देशका लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए।

शर्माले भने, ‘सरकारले हिजो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ। काम गर्न सकेन भन्ने आरोप रहेछ। यो कसैले पत्याउँदैन। यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु देशको दुर्भाग्य हो। यसको विरोध गर्न चाहन्छु। सरकारले यो निर्णय सच्याओस्। मैले पहिलो कार्यकालमा त्यति वेला योग्यतम मान्छेहरूमध्येबाट नियुक्ति गरेको थिएँ। पछि मैले केही सहकार्य गरेँ। सरकारले यो ठूलो गल्ती गरेको छ। भोलि पश्चात्ताप हुनेछ।’

सांसद शर्माले सरकारलाई निर्णय सच्याउन आग्रह समेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.