मुद्दा अघि बढाउँदा न्यायिक अराजकता सिर्जना हुने ठहर

|

काठमाडौँ : बाल यौन दुराचार मुद्दामा तपस्वी भनिएका रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ। 

जिल्ला अदालत सर्लाहीले गत असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको र त्यसविरुद्ध बमजनले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए।

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ गते सफाइ दिने फैसला गरेको र त्यसको फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो।

हदम्याद नाघेर अभियोगपत्र दायर हुन आएकाले हदम्याद नाघी आएको जिल्ला अदालतको आदेश नमिलेको भन्दै सफाइ दिने फैसला गरेको उच्च अदालत जनकपुरले जानकारी दिएको छ।

पूर्णपाठमा प्रस्थान विन्दु (हदम्याद) नै गलत हुँदा त्यसपछि गरिएका र गर्न खोजिएका सबै काम कानुनसम्मत नभई त्रुटिपूर्ण हुने उल्लेख छ।

त्रुटिपूर्ण हदम्यादका आधारमा न्याय सम्पादन गर्ने र गलत हदम्यादलाई प्रोत्साहित गर्न खोज्दा न्यायिक अराजकता सिर्जना हुने पूर्णपाठमा उल्लेख गरिएको छ। ‍‍

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.