|

काठमाडौँ : गभर्नरका लागि योग्यता नपुग्ने दावीसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट हालै राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले आज शुक्रवार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए।

आइतवार पेसी चढाउने गरी पुरक निवेदन दिइएको जनाइएको छ। निवेदकहरुले दलको निर्णयका आधारमा कानुनविपरित दूषित कार्य भएको दावी गरेका छन्।

भट्टले आजै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका तर स्वीकृत भने भइसकेको छैन। 

यसअघि वैशाख २ गते अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले आदेश दिइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.