|
प्रतीकात्मक तस्विर

काठमाडौं : रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.