|

काठमाडौँ : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू बीच बालुवाटारमा बैठक सुरु भएको छ।

राप्रपाले भोलि निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको अघिल्लो दिन आज तीन शीर्ष नेताहरुबीच बैठक बसेको हो।

यद्यपि संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।

बैठकमा शिक्षक आन्दोलन, राजावादीको प्रदर्शन र संक्रमणकाली न्यायसम्बन्धीका विषयमा छलफल हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.