|

काठमाडौं : कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.