|

 कर्णाली : स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सहप्राध्यापक डा.डबलबहादुर धामी नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिएको प्रतिष्ठानले जनाएको । 

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) समेत रहेका धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.