|

काठमाडौं : ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।

मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.