|

काठमाडौं : गएराति कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको  सनाखत भएको छ। सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।​ 

पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। ​ 

पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही,  पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि।क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन्। 

ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.