|

दाङ : वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका- १ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन्। उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए।

‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ,  स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ’, उनले भने।

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी। उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ।  थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएको छैनन्। 

‘म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ?’, थापालाई लाग्छ। गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्‍याउने काम भने थापा आफैँले मात्र गर्दै आएका छन्। शुरुमा दुईवटा गाईबाट यो पेशामा लागेका थापासँग हाल १७  गाई छन्। तीमध्ये सात वटा दुहुना छन्। दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाले बताए। 

 विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे।  अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन्।

गाईपालनबाट पाँच वर्षमा थापाले करिब रु ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.