|
फोटो- नेपाल फोटो लाइब्रेरी

काठमाडौं : अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक र साँस्कृतिक पक्षको अवलोकन तथा पद पर्यटनमा रमाउनेका लागि एक उत्तम गन्तव्य हो। 

विविध परम्परागत गाउँघरहरू, गाउँले परिपेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यो पदमार्ग विश्व चर्चित बनेको छ।

यो पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन्। जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी। मनाङको बेँसीशहरबाट पदयात्रा शुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००(८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ।

यो चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङ मध्ये एक हो। यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ।

यो पदयात्रा दुवै तर्फबाट शुरु गर्न सकिन्छ तर ८०५ भन्दा बढी पदयात्रीहरू बेसीशहरबाट शुरु गर्छन्। यद्यपि, कहिलेकाहीं डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्छ। 
विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ। पहिले बेसीशहरबाट हिँडेर पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारीसाधनमा एकै दिनमा मनाङ गाउँ पुगेर बास बस्न सकिन्छ

त्यस्तै बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा शुरू भएको पाँचौं दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन्।

हेर्नुहोस् तस्विर-

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.