|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।

शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरू भन्दै लाञ्छना लगाए।

त्यस्ताले अझै हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको ओलीको दावी थियो। देश कंगाल बनाउने काम राजाहरूले गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। देश कंगाल बनाउने त यिनैहरू हुन्। अहिले यो ३० वर्षमा यति विकास गरेको छ‚ त्यो तथ्यांकले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला।’

प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको बताए। उनले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.