|

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्। 

उनले भनेका छन्, 'अब हवाई र स्थल हमला हुने छैन, १२ तारिख,सोमवार वार्ता हुने छ।'

अमेरिकाको प्रयासमा दिउँसो मध्याह्नदेखि नै भारत र पाकिस्तानका अधिकारीहरूबीच वार्ता भएको थियो। दुवै देशका अधिकारीहरूबीच सहमति भएपछि आज साँझ ५ बजेबाट युद्धविरामको घोषणा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.