काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सार्वजनिक गरेको नीति तथा कार्यक्रम भोलि निर्णयार्थ प्रस्तुत गरिने भएको छ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रममा समर्थन जनाउन सत्तारुढ दलहरुले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन्। संसद्का दुई ठूला दल कांग्रेस र एमाले नेतृत्वको सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा लागेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकको प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने छन्।
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब रुपैयाँ हाराहारीको ल्याउन राष्ट्रिय योजना आयोगले सिलिङ दिइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।