|

काठमाडौँ : प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको छ।

गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन्।

उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए। बस्नेतलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो। अदालतले उनलाई २ दिनको म्याद थप्न आदेश दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.