|

काठमाडौँ : पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनु भएको बताएका छन्।

आइतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

उनले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने बताए। उनले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गरे।

उनले अध्ययन भएका आयोजनालाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको धारणा राखे। नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका उनले सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्न अर्थमन्त्रीले गृहकार्य गर्नुपर्नेमा जोड दिए।  

महतले भने‚ ‘हाम्रो अर्थतन्त्रको मूल समस्या भनेको बजेट विनियोजन र कार्यान्वयनको हो। विनियोजन ठिक ढङ्गले भएको छैन। जहाँ खर्च गर्नुपर्ने हो, त्यहाँ खर्च गर्न सकेका छैनौँ। जहाँ खर्च नगरे पनि हुने हो, त्यहाँ ज्यादा खर्च भइराखेको छ।’

उनले सरकारले प्रस्तुत गरेको र दुवै सदनबाट पास भएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.