|

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन्। 

राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्। भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा सुदीपसहित २६ जनाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.