प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ।
एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा प्रतिवन्धले पानी सेवाहरू लगभग ठप्प भएको बताएको छ।
एन्क्लेभमा ८५ प्रतिशत पानी र सरसफाई सुविधाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। जसले गर्दा बासिन्दाहरूलाई प्रतिव्यक्ति प्रतिदिन औसतमा तीन देखि पाँच लिटर पानी मात्र बाँकी छ। विश्व स्वास्थ्य संगठनको १५ लिटरको न्यूनतम् आपतकालीन मापदण्ड भन्दा धेरै कम हो।
गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले इजरायललाई व्यापक नाकाबन्दी लागू गरेर र मानवीय आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएर एन्क्लेभमा रहेका २० लाख भन्दा बढी नागरिकहरू विरुद्ध संगठित अपराध गरेको आरोप लगाएको छ। इजरायलले लगातार ७० दिनसम्म सबै गाजा क्रसिङहरू बन्द राखेको छ। जसले गर्दा मानवीय र स्वास्थ्य संकट बिग्रँदै गएको भए पनि इन्धन, खाना र चिकित्सा आपूर्ति बोकेका अनुमानित ३९ हजार सहायता ट्रकहरूको प्रवेश रोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।