|

काठमाडौँ : काभ्रेको पनौतीमा आज भीषण वर्षा भएको छ। 

गत वर्षको असोजमा जस्तै ठूलो पानी पर्दा पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ। कुलोले बगाउँदा पनौती नगरपालिका ५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्। 

असोजको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइपहरु बगाएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले थाहाखबरलाई जानकारी दिए। 

असोजको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ। आलु खन्ने बेलाका खेतहरू डुवानमा परेका छन्। आजको वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ। 

गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.