|
फाइल फोटो

काठमाडौं : सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ।

आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको अदालत प्रशासनले जनाएको छ।​

लामिछानेले बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेश बेरितको भन्दै बदर गरी थुनामुक्त गर्न माग गरी दिएको ७३ नम्बर निवेदनमा एकैपटक सुनुवाई भएको हो। केहीबेरमा इजलासले उपयुक्त आदेश दिनेछ। 

उच्च अदालतको आदेशपछि लामिछाने अहिले भैरहवा कारागारमा छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.