|

काठमाडौँ : काठमाडौँको नागढुंगामा एकजना ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। 

घटना बुधवार बिहान भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले थाहाखबरलाई जानकारी दिए। उक्त घटनाका विषयमा उनीहरुसँग जानकारी लिने काम भइरहेको घिमिरेले बताए।

प्रहरी स्रोतका अनुसार जनपद प्रहरीले भारतीय गाडीबाट पैसा लिएको ट्राफिकले देखेपछि उक्त घटना भएको हो। घिमिरेले भने अनुसन्धानपछि घटनाबारे जानकारी दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.