|

काठमाडौँ : विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ।

केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले निरन्तरता नदिने आदेश गरेपछि अब केबलकार निर्माणको बाटो खुलेको हो।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले केबलकार निर्माणको विषयमा परेको रिटमा यसअघि यथास्थितिमा राख्नु भन्ने आदेश आजको संयुक्त इजलासले निरन्तरता नदिएको थाहाखबरलाई जानकारी दिए। 

यामबहादुर लिम्बूसमेतका निवेदकले पाथीभरा देवी दर्शन केबलकार प्रालि समेतलाई विपक्षी बनाई केबलकार निर्माण रोक्न माग गर्दै रिट दायर गरेका थिए।

केबलकार बनाउन नहुने मागसहित त्यहाँ प्रदर्शन  तथा झडपसमेत भएको थियो।  

सो रिटमाथि चैत १३ मा  सुनुवाइ गर्दै न्यायाधीश शारदा सुवेदीको इजलासले अन्तरिम आदेश हुनुपर्ने हो वा होइन भन्ने निष्कर्षमा पुग्न दुवै पक्षलाई अदालतमा बोलाएको थियो। इजलासले त्यस बेलासम्म केबलकार निर्माणको काम यथास्थितिमा राख्न भनेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.