|

खोटाङ : खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा प्रवेश गरेका छन्। 

रास्वपाको रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमाले प्रवेश गरेका हुन्। बैसाख ३१ गते डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन्।

नवप्रवेसी पाण्डेलाई एमाले पोलिटव्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए। 

पाण्डेले रास्वपाको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको बताएका छन्। नयाँ भनिएकाहरु बिभिन्न ठगीमा संलग्न भएका र राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेको उनको भनाइ थियो।

कार्यक्रममा पोलिटव्युरो सदस्य भट्टराई सहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले नेता लिलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगर, अनेरास्वबियुका जिल्ला अध्यक्ष बिष्णु उपरकोटी लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.