|

काठमाडौँ : हावाहुरीले रुख ढाल्दा आज ३ जनाको मृत्यु भएको छ। नवलपरासीमा २ र कैलालीमा एक गरी ३ जनाको मृत्यु भएको हो। 

पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

आज दिउँसो हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए। त्यसक्रममा प्रतिक्षालयमाथि नै रुख ढलेपछि उनीहरुको मृत्यु भएको हो।

 रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ। यस्तै कैलालीमा हावाहुरीका कारण रुख ढल्दा लागेर एक शिक्षकको मृत्यु भएको छ। 

आज बिहान चलेको हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले थाहाखबरलाई  जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.