|

संखुवासभा : खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी-पहिरोका कारण यातायात, विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ।

बिहीवार राति आएको बाढी पहिरोले सभापोखरी गाउँपालिकामा यातायात विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन्।

गएराति वर्षासँगै आएको बाढी पहिरोका कारण सभापोखरी गाउँपालिका वडा नम्बर ३,४ र ६ लगायतका वडामा यातायात, विद्युत र टेलिफोन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन्। 

बाढी पहिरोले विभिन्न वडाको सडक र विद्युत पोल बगाएको छ। बाढीले विद्युतका पोल बगाएपछि त्यस क्षेत्रमा विद्युत र टेलिफोन सेवा शुक्रवार बिहानदेखि अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन्। 

बाढीले सभापोखरी गाउँपालिमा ४ मा निर्माणाधीन २१ मेगावटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ। बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री समेत बगाएको छ। 

बाढीले सभापोखरीका विभिन वडामा केही घरहरु विस्थापित भएका छन्। 

बाढी पहिरोबाट विस्थापित र क्षति विवरण संकलन थालिएको छ। त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेका कारण विवरण संकलनमा कठिनाइ भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.