काठमाडौँ : सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट निवेदन दरपीठ गरिदिएको छ।
डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट निवेदन पेश गरेका थिए।
उक्त रिट सर्वोच्च प्रशासनले आज दरपीठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारलाई आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताका लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएएको लगायतका कारणले रिट दरपिठ भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।