जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकामा कुकुरको एक हुलले जथाभावी टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ प्रखे महुवामा आइतवारदेखि नै कुकुरको एक हुलले स्थानीय बालबालिकाहरूलाई टोकेर घाइते बनाएको छ।
सोमवार महुवामा १५ जना र खजुरी विद्यालयका ७ जना विद्यार्थी गरी २२ जनालाई घाइते बनाइसकेको छ। कुकुरको हुलले गाउँमा हिँड्ने बालबालिकामाथि लम्किने, घेरा हालेर टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्।
कुकुरको टोकाइबाट स्थानीय ७ वर्षीय अभिराज, ५ वर्षीय गोपाल पासवान, ४ वर्षीय कविता, ४० वर्षीय उमेश साह , बोनिया महरा, किशोरी मुखिया, रामदेव सोनार, राधिका पासवान, मनोज ठाकुरलगायतलाई टोकेर घाइते बनाएको हो।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीले पनिटोली घटनास्थल पठाइएको बताएको छ। जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले घटना भएको पुष्टि गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।