|

जनकपुरधाम : नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।  धनुषामा रघुवीर महासेठ समूहले बनाएको प्यानलनै विजयी भएको छ। 

भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन्। लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए।

उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाए। यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे। उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए।

यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिनविक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन्। पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन्।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो। ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए। सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ।

उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबीच कुटाकुट भएको थियो। कुटाकुटका कारण सो दिन स्थगित भएको मतदान बिहीबार गराइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.