|

काठमाडौँ : लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएर कारोबारीलाई समातेको छ। 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनक शाहीले २ जनालाई पहिले र प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको थाहाखबरलाई जानकारी दिए।

टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको जनाइएको छ। सो क्रममा प्रहरी पनि घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.