|

अहमदाबाद : भारतको अहमदाबादमा भएको एअर इन्डियाको जहाज दुर्घटनामा सिटमा एकजना जीवितै भेटिएका छन्। एएनआईसँग अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले सीट ११ एमा रहेका व्यक्ति जीवित भेटिएको बताएका छन्।

घाइतेको उपचार भइरहेको बताइएको छ। अहिलेसम्म मृतकको आधिकारिक संख्या घोषणा गरिएको छैन। एयर इन्डियाको एआई १७१ कल साइन रहेको उक्त जहाजमा २४२ जना यात्रु थिए। विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

टाटा समूह​ले अहमदाबाद प्लेन दुर्घटनामा परेका प्रत्येक व्यक्तिका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ। घाइते सबैको औषधि खर्च बेहोर्ने जानकारी गराएको छ। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले उक्त जानकारी दिएका हुन्।

घाटामा गएको एअर इन्डिया कम्पनी केही वर्षअघि टाटा समूहले खरिद गरेको थियो।

अहमदाबाद जहाज दुर्घटनामा ६१ विदेशी नागरिक थिए। यात्रीहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती‚ ७ जना पोर्चुगिज र एकजना क्यानडाली नागरिक थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.