काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सिष्टममा समस्या भएका कारण एकपछि अर्को काण्ड आइरहेको बताएका छन्।
शुक्रवार जनसंगीत मञ्च नेपालको केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्। उनले सिष्टम र व्यवस्थाको समस्या एकै ठाउँमा राखेर हेर्ने हो भने रोजगारी र सुशासन नहुँदा समस्या सिर्जना भएको दावी गरे।
रोजगारीको समस्या केही कार्यालयहरुमा करारमा भर्ती गरिदिएर अथवा कुनै नेताले अलिकति प्रभाव जमाएर जागिर लगाइदिँदैमा समाधान नहुने भन्दै महासचिव भुसालले कृषि, उद्योग र पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
उनले प्राकृतिक प्रकोपसँगै विकल्प र व्यवस्था नहुँदा नेपालको पर्यटकीय क्षेत्र धराशायी बनेको र कृषिले दैनिक आवश्यकता पूर्ति गर्नसक्ने अवस्थामा नहुँदा विभिन्न किसिमका काण्डहरु हुने गरेको दावी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।