|

खाँदबारी : २१ वर्षदेखि फरार अभियुक्त सङ्खुवासभाको चैनपुर नगरपालिका खाम्लिङबाट पक्राउ परेका छन्।

भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन्। भोजपुरका ३६ वर्षीय विश्वकर्माको हत्या गरेर फरार भएका  चैनपुर नगरपालिका-९ खाम्लिङका ६२ वर्षीय दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। तामाङ २०६१ साल चैत २२ गते पर्शुरामको हत्या लगत्तै फरार भएका थिए।

प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैको गोठबाट पक्राउ गरेको हो। पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.