|

झापा : २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.