|

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

उक्त मुद्दाको थुनछेक बहसपछि आज अदालतले धरौटीमा छाड्न आदेश गरेको अदालतले जनाएको छ।

सीआइबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो।

उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। ठमेलको होटेल भियना उनकै नाममा दर्ता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.